नेपाल एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको समूह विजेता
काठमाण्डौ – एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ ।
आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई २१२ रनको बलियो लक्ष्य दिएको थियो ।
हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो । नेपालका कप्तान सोनी पाख्रिनले ४ तथा मनिषा उपाध्यायले २ विकेट लिइन । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन् ।
सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन जोडिन । नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३ १२:२२
प्रतिक्रिया दिनुहोस्





