Sagun Khabar
बैतडीको दोगडाकेदार ३ मा माओवादीको बिशेष रुपान्तरण अभियान सम्पन्न

बैतडी- बैतडीको दोगडाकेदार ३ मा माओवादीको बिशेष रुपान्तरण अभियान सम्पन्न भएको छ । संगठन सुदृढीकरणका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने बिशेष रुपान्तरण अभियान अन्तर्गत बिहीवार दोगडाकेदार गाउँपालिका   ३  मा कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला समन्वय समिति संयोजक शंकर भण्डारीले जानकारी दिए । 

वडा कमिटि अध्यक्ष परसुराम जोशीको सभाध्यक्षता  तथा जिल्ला इन्चार्ज राम प्रसाद तिमिल्सिनाको प्रमुख   आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको उनले बताए । यस्तै  कार्यक्रममा ५ जना पार्टी प्रवेश गरेका छन् । नेकपा एमाले र  काँग्रेस पार्टी  परित्याग गरेर ५ जना  माओवादी केन्द्रमा प्रवेश गरेका संयोजक भण्डारीले बताए ।

 बैतडीको ८४ ओटै वडामा अभियान जारी रहेको  छ । तीन महिनाका लागि जारी  अभियानमा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने काम भैरहेका छन् ।  

बिशेष रुपान्तरण अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । जनतासंगको सम्बन्धलाई बलियो बनाएर  पार्टी संगठनलाई विस्तार गर्ने  काम भैरहेको माओवादी केन्द्रले जनाएको छ । देशैभरको अभियान भएको हुनाले पार्टीको संगठन विस्तारमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको  नेकपा माओवादी केन्द्र बैतडीका   इन्चार्ज राम प्रसाद तिमिल्सिनाले  बताए ।

माओवदी पार्टी  नेतृत्वको सरकारले  गरिराखेको कामहरुका कारण पार्टी प्रति आकर्षण बढेको  पाइएको पनि उनले बताए । वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान नेकपा माओवादी केन्द्रको अभियान जारी रहेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update