Sagun Khabar
अभिभावकद्वारा बाटोको सफाइ

बैतडी- बैतडीको एक विद्यालयका अभिभावकहरुले बाटाको  सरसफाइ गरेका छन् ।  पहिरोले आवतजावतमा समस्या भएको  जिल्लाको  पाटन नगरपालिका ९ कर्तेकोट–धारापानीबाट सिद्धेश्वर मावि हुक्केडाँडा जाने बाटो अभिभावकहरुले खुलाएका हुन् ।

पहिरोका कारण आवतजावत गर्न असहज भैरहेका बेला आज धारापानी टोलका अभिभावकहरुले बाटो सफाइ गरेका शिद्धेश्वर मावि हुक्के डाँडाका विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए ।

अभिभावकहरुले गैती, बेल्चा र कोदालोको  प्रयोग गरेर बाटोको सरसफाइ गरेका उनले  बताए ।  आवागमन सहज होस भनेर पहिरो पन्छाइएको अभिभावक आन सिंह भाटले बताए । वर्षादको पानीले जमिन भाँसिएर बाटोमा  खसेको पहिरो हटाएपछि विद्यार्थीहरुलाई आवत जावत गर्न  सहज भएको  छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update