Sagun Khabar
राष्ट्रिय बाल दिवस बैतडीमा पनि मनाइयो 

बैतडी- राष्ट्रिय बाल दिवस बैतडीमा पनि मनाइएको  छ । देशभरि जस्तै बैतडमा पनि विभिन्न कार्यक्रम गरि ५९ औँ राष्ट्रिय बाल दिवस मनाईको हो ।

‘ बालबालिकामा लगानी,  सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज बैतडीमा पनि बाल दिवस मनाइएको छ । स्थानीयत तह, विभिन्न संघ, संस्था र  विद्यालयहरुले आज राष्ट्रिय  बाल दिवस  मनाएका हुन् ।

वादविवाद प्रतियोगिता, हाजिरिजावफ प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलाप गरेर राष्ट्रिय बाल दिवस मनाइएको दशरथचन्द नगरपालिका वडा नं १ स्थित मणिलेक माविका प्रधानाध्यापक केशब दत्त भट्टले  जानकारी दिए । यस्तै जिल्लाका अन्य  विद्यालयहरुले पनि  राष्ट्रिय बाल दिवस मनाएका छन् ।

यस्तै  बैतडीको  पाटनमा पनि  मावि स्तरिय  हाजिरिजवाफ प्रतियोगिता गरेर बाल दिवस मनाइएको  छ । बाल दिवस   मनाइरहेका बेला  बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको गुनासो समेत आएको छ । स्थानीय सरकारले  बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन नगर्ने गरेका बालअधिकारकर्मी  निरेश भट्टले गुनासो गरेका छन् । पालिकाहरुले बजेट विनियोजन नगर्दा बालबालिकाको क्षेत्रमा असर परेको  उनले  बताए ।

बालबालिकाको क्षेत्रमा  पर्याप्त बजेट छुट्याउनु पर्नेमा समेत उनले जोड दिएका छन् । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।  

तर  सरकारले  बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ ।  नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update