Sagun Khabar
राष्ट्रिय बाल दिवस : पाटन १ मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 

बैतडी –५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका १ मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

वडाभित्र रहेका १० ओटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

विद्यालयको तहगत रुपमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १–३ अन्तर्गत भुवनेश्वर आधारभूत विद्यालय, लदौली, प्रथम, जनता आधारभूत विद्यालय पोखरी दोश्रो र सिद्धेश्वर मावि मेलचोरा तेश्रो भएका छन् । 

यस्तै कक्षा ६–८ सम्मको प्रतियोगितामा कैलास आवि डंसिलि प्रथम, जनता आबि पोखरी दोश्रो र कालिका आबि सकार तेश्रो भएका छन् । 

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयहरुलाई शैक्षिक सामग्रीसहित प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update