Sagun Khabar
बैतडीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किए, मोटरसाइकल चालक घाइते 

बैतडी –बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापु भन्ने स्थानमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । 

बझाङबाट धनगढीका लागि छुटेको से १ ज ९७९ नम्बरको जिप र धनगढीबाट आइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका ५ का मदन बिष्ट घाइते भएका छन् । 

उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको छ । बिष्टको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ । 

जिप चालक बझाङ्गको बुंगल नगरपालिका ८ का रमेश बोहरा र जिपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।     
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update