Sagun Khabar
अवैध संरचना हटाउन डिलाशैनी गाउँपालिकाको आग्रह 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले सार्वजनिक क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन आग्रह गरेको छ । गाउँपालिकाले ३५ दिने सूचना जारी गर्दै वडा नम्बर ५ स्थित हरिनगर बजार क्षेत्रमा बनेका अवैध संरचना हटाउन आग्रह गरेको हो । 

हरिनगरमा खेलमैदान र झोलुंगे पुल निर्माणको काम सुचारु हुने भएकाले अवैध संरचना हटाउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

हरिनगर बजार क्षेत्रमा सार्वजनिक जग्गा ओगटेर व्यक्तिगत संरचनाहरु निर्माण गरिएका छन् । त्यस्ता संरचनाहरु नहटाए कानुन अनुसार हटाइने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update