Sagun Khabar
बैतडीमा भोलिदेखि ब्याडमिन्टन प्रतियोगिता, तयारी पूरा 

बैतडी –बैतडीमा भोलिदेखि हुने खुला डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । संविधान दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको हो । नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय तथा सहजीकरणमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको हो । 

प्रतियोगितामा ३१ टीमले सहभागिता जनाउने भएका छन् । दार्चुलाका २ टीम, डडेल्धुराका २ टीम र कञ्चनपुरको एक टीम दर्ता भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । यस्तै भारतको झुलाघाटको २ टीम र पिथौरागढको एक टीम पनि दर्ता भएको छ । बाँकी बैतडीका टीम रहेका अध्यक्ष चन्दले बताए । 

Atrya hospital

प्रतियोगिताको भोलि बिहान ११ बजे जगन्नाथ ब्याडमिन्टन हलमा उद्दघाटन गरिनेछ । 

प्रतियोगितामा प्रथम हुने जोडीलाई १५ हजार,द्वितीय हुनेलाई १० र तृतीय हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update