Sagun Khabar
शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत शाह हाजिर 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रुपमा सुशील कुमार शाह हाजिर भएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत महिना बैतडीका ५ ओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । मन्त्रालयले शाहलाई शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रमुख प्रशासकीय अधिकृत शाहलाई गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष शकुन्तला साउँद लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले सोमबार पालिकामा स्वागत गरेका छन् । 

यस अघि शिवनाथ गाउँपालिकामा नरेन्द्र सिंह महताले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update