Sagun Khabar
बैतडीका दुई विद्यालय भवन पहिरोको  जोखिममा, पठनपाठन प्रभावित 

बैतडी- बैतडीका दुई विद्यालय भवन पहिरोको  जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहीलेकमा रहेको वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए ।  पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको उनले बताए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको प्रधानाध्यापक कनौजियाले बताए । विद्यालय भवन पहिरोको जोखिममा परेको विषयमा प्रहरीले मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिरोको जोखिममा परेको छ । यो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएको हो।  विद्यालयहरु पहिरोको जोखिममा भएकाले  पठनपाठन प्रभावित भैरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update