Sagun Khabar
बैतडीसहित सुदूरका पहाडी जिल्लामा टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेपाल टेलिकमले प्रदान गर्दै आएको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । 

सोमबार   साँझदेखि बैतडीसहित दार्चुला र बझाङमा पनि टेलिकमको सेवा अवरुद्ध रहेको बताइएको छ । अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले आजै सेवा सुचारु हुने प्याकुरेलले बताए । 

टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update