Sagun Khabar
बैतडीको सिगासमा नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरे हाजिर 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको सिगास गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका कृष्णप्रसाद घिमिरे हाजिर भएका हुन् । 

बैतडीको सिगाससहित ५ ओटा गाउँपालिकामा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

यसअघि जिल्लाको दोगडाकेदार गाउँपालिकामा गजेन्द्रप्रसाद थारु र शिवनाथ गाउँपालिकामा सुशीलकुमार शाह प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भइसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update