Sagun Khabar
बैतडीका भण्डारी न्यायधिशमा नियुक्त 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका ६ घर भएका राजेन्द्रसिंह भण्डारी न्यायधिशमा नियुक्त भएका छन् । 

उच्च सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत भण्डारी नवलपरासी जिल्ला अदालतको न्यायधिशमा नियुक्त भएका हुन् । 

जेष्ठता, योग्यता र कार्यक्षमता मूल्याकंनको आधारमा भण्डारीलाई न्याय परिषदले न्यायधिशमा नियुक्त गरेको हो । लामो समयदेखि कानुनी तथा न्याय क्षेत्रमा कार्यरत भण्डारी न्यायधिश बनेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update