Sagun Khabar
संविधान दिवसको अवसरमा बैतडी कारागारबाट ४ जनाको कैद मिनाहा  

बैतडी –संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ । ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरीका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् । 

जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराम  महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन् । 

बिर्ख लुहारलाई डाँकाचोरी मुद्दामा २०७७ साल असार २ गते ५ बर्षका लागि सजाय तोकिएको थियो । उनले ३ बर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । 

यस्तै डाँकाचोरी मुद्दामै २०७८ साल असार २४ गते ३ बर्ष सजाय तोकिएका धनबहादुर कार्कीले २ बर्ष २ महिना कैद भुक्तान गरिसकेको भण्डारीले बताइन् । 

नकबजनी चोरी मुद्दामा २०७८ साल मंसिर १९ गते ३ बर्ष सजाय तोकिएका खेमराम  महरले १ बर्ष ९ महिना कैद भुक्तान गरिसकेका छन् । यस्तै सवारी ज्यान मुद्दामा २०७८ साल फागुन ९ गते ३ बर्ष सजाय तोकिएका रमेश बिष्टले १ बर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । 

कैद मिनाह भएका चारैजना कैदमुक्त भएका जिल्ला कारागार बैतडीले जनाएको छ । २५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा अब ७५ जना कैदीबन्दी रहेका छन् । 
 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update