बैतडीका भण्डारी र बोहरा न्यायधिशमा नियुक्त
बैतडी –बैतडीका दुईजना न्यायधिशमा नियुक्त भएका छन् । पाटन नगरपालिका ६ घर भएका राजेन्द्रसिंह भण्डारी र दशरथचन्द नगरपालिका २ देहीमाण्डौं, ज्वाँकट्टेका कृतबहादुर बोहरा न्यायधिशमा नियुक्त भएका हुन् ।
उच्च सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत भण्डारी नवलपरासी जिल्ला अदालतको न्यायधिशमा नियुक्त भएका छन् भने सर्वोच्च अदालतको इजलास अधिकृतमा कार्यरत बोहरा कपिलवस्तु जिल्ला अदालतको न्यायधिशमा नियुक्त भएका छन् ।
जेष्ठता, योग्यता र कार्यक्षमता मूल्याकंनको आधारमा उनीहरुलाई न्यायधिशमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १३:१२
प्रतिक्रिया दिनुहोस्




