Sagun Khabar
बैतडीमा पनि मनाइयो संविधान दिवस 

बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ । दिवसको अवसरमा आज सदरमुकाममा प्रभातफेरीको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

दिवसको अवसरमा गढीस्थित शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको थियो । यस्तै संविधान दिवसको अवसरमा बैतडीको पाटन नगरपालिकाले खुल्ला मञ्च र मन्दिरमा सरसफाइ तथा वृक्षारोपण गरेको । पाटन नगरपालिका वडा नम्बर ६ स्थित खुल्ला मञ्च र राधाकृष्ण मन्दिरमा सरसफाइ गरेर वृक्षारोपण गरिएको हो । 

यस्तै दिवसको अवसरमा आज साँझ जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन कार्यक्रम रहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update