Sagun Khabar
भारतमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरे 

बैतडी –भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ बर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन् । 

चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट जयबहादुर चन्दले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक बर्षदेखि कार्यरत धामी १०÷ १५ दिन अगाडिदेखि बिदामा रहेका थिए । दुई÷तीन अगाडिमात्रै बिदा सकेर काममा फर्किएका उनले बुधबार आँफैलाई चक्कु प्रहार गरेका हुन् । धामीले आँफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन् । 

धामी गम्भीर घाइते भएका र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update