Sagun Khabar
बैतडीमा बारुद बनाउन प्रयोग गरिने १२ किलो  कच्चा पदार्थसहित एक महिला पक्राउ 


बैतडी –बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट  बिहिबार पक्राउ गरिएको हो । 

झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो  देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको उनले बताए । 

सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको खत्रीले बताए । 
यो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update