Sagun Khabar
राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अध्यक्षमा कुँवर 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा अरुण कुँवर चयन भएका छन् । 

युवा संघको बिहिवार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन् । 

यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update