Sagun Khabar
बैतडीका दुई पालिकामा अझै पुगेनन् नयाँ हाकिम, तीन नगरपालिका निमित्तको भरमा

बैतडी- संघीय सरकारले बैतडीका स्थानीय तहमा नयाँ हाकिम खटाएको  भएपनि अझै हाजिर भएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच स्थानीयतहमा हाकिम खटाएको  थियो ।

संघीय सरकारले जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नयाँ हाकिम खटाएको थियो । पाँच स्थानीयतह मध्ये  सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार  गाउँपालिकामा हाकिम हाजिर भएपनि पञ्चेश्वर गाउँपालिका  र डिलाशैनीमा अझै आइपुगेका छैन्न ।

स्वास्थ्य सन्देश
Atrya hospital

सिगास गाउँपालिकाका हाकिम कृष्ण प्रशाद घिमिरे, शिवनाथमा सुशिल कुमार साह, दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारु हाजिर भैसकेका छन् । यता पञ्चेश्वर गाउँपालिकामा खटाएका उज्जल आनन्द र डिलासैनीमा रंजय पटेल अझै हाजिर नभएका जनप्रतिनिधिहरुले बताए ।  यस्तै जिल्लाका  तीनओटा नगरपालिका निमित्तको भरमा छन् ।

नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएपछि अहिले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाईरहेका हुन् ।

  जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाइरहेका हुन् । हाकिम नहुँदा कामकाजमा समस्या  भएको  जनप्रतिनिधिहरुले बताएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update