Sagun Khabar
बैतडीमा स्थानीय तहका कर्मचारी संघर्ष समिति गठन गर्दै, आन्दोलनको तयारी 

बैतडी –सरकारले ल्याउन लागेको संघीय निजामति विधेयकमा संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु पनि आन्दलन गर्ने तयारीमा लागेका छन् । बैतडीका स्थानीय तहका कर्मचारीहरुले पनि आन्दोलनको तयारी गरिरहेका छन् । 
विभिन्न पालिकाहरुमा संघर्ष समिति गठन गरेर उनीहरुले सरकारलाई दबाब दिने तयारी गरेका हुन् । अहिले सम्म जिल्लाका ५ ओटा स्थानीय तहमा संघर्ष समिति गठन भएका जानकारी प्राप्त भएको छ । 

दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखा प्र्रमुख नरेन्द्र नाथको संयोजकत्वमा १७ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ । 

यस्तै सिगास गाउँपालिकामा शिक्षा अधिकृत रमेशप्रसाद भट्टको संयोजकत्वमा ११ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ । स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटेर एकीकृत निजामति सेवा ऐन ल्याउनुपर्ने आफूहरुको माग रहेको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक टीकासिंह धामीले जानकारी दिए । 

स्थानीय तहका कर्मचारीहरुलाई समेत मार्का नपर्ने गरेर ऐन ल्याउनुपर्ने आफूहरुको माग रहेको धामीले बताए । यस्तै मेलौली नगरपालिकामा चक्रमणी जोशीको संयोजकत्वमा ११ सदस्यीय पालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ ।यस्तै शिवनाथ गाउँपालिकामा कम्प्युटर अपरेटर कोमलविक्रम सिंहको संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन गरिएको छ । 

यस्तै बाँकी रहेका पालिकाहरुमा पनि संघर्ष समिति गठन गर्ने तयारी भइरहेको कर्मचारीहरुले बताएका छन् । आज जुम मिटिङ गरेर जिल्ला स्तरीय संघर्ष समिति गठन गरिने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update