Sagun Khabar
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ७ ओटा केन्द्र तोकिए 

बैतडी –कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा सातओटा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि सातओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए । 

बैतडीमा कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा १ हजार ३१३ जना परीक्षार्थी सहभागी हुनेछन् । 

विरेन्द्र मावि शाहीलेक, सनातन धर्म मावि श्रीकोट, कृष्ण मावि पाटन, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा र कुलाउ मावि कुलाउमा केन्द्र तोकिएका सूचना अधिकारी शर्माले बताए । 

11695465849.jpg

21695465849.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update