बैतडी –नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएपछि गृह जिल्ला बैतडीमा खुसीयाली छाएको छ । चन्द तेश्रो पटक क्यानको अध्यक्षमा चयन भएपछि निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा दीप प्रज्वलन गरी खुसीयाली मनाइएको हो ।
चन्द नेपाली कांग्रेस बैतडीका सभापति समेत रहेकाले नेपाली कांग्रेस वडा समितिको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्री (जगदीश)ले बताए ।
नेपाली कांग्रेसका वडा सभापति बहादुरसिंह बोहराको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा क्रिकेटका राष्ट्रिय स्कोरर तिलकबहादुर बोहरा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १९:५१
प्रतिक्रिया दिनुहोस्