Sagun Khabar
दुर्घटनामा गम्भीर घाइते भएका बैतडीका पन्तको आर्थिक अभावले उपचारमा समस्या

बैतडी- सवारी दुर्घटनामा परेर घाइते भएका बैतडीका पन्तको उपचारमा समस्या भएको छ ।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर बनेका जिल्लाको दशरथचन्द नगरपालिका  वडा नं ११ नगार्जुन डिवडया (सिलङा) घर भएका ३५ वर्षिय  गंगादत्त पन्तको आर्थिक अभावले उपचारमा समस्या भएको  हो । 

दुघर्टनामा परेर घाइते भएका पन्तको आर्थिक अभावका कारण उपचारमा समस्या भएको  आफन्त पशुपति जोशीले बताइन् । घरको आर्थिक स्थिति कमजोर भएकाले उपचारमा समस्या भएको उनले बताइन् । उनका अनुसार पन्त  भदौ २० गते राति धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर  घाइते भएका थिए ।

Atrya hospital

दुघर्टनाका कारण  टाउको र छातीमा चोट  लागेर गम्भीर बनेका  उनलाई  धनगढी स्थित मायामेट्रो  अस्पतालमा भर्ना  गरिएको  थियो । टाउकोमा गम्भीर  चोटका कारण मायामेट्रोमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको  छ ।

पन्तको  अहिले दिल्लीको मेदान्त अस्पतालमा  उपचार भइरहेको र डाक्टरले उपचारको लागि करिब २५ लाख लाग्ने  भनेपछि परिवारले सहयोगको  अपिल गरिरहेको  छ । धनगढीमा सामान्य  व्यापार व्यवसाय गरेर घर खर्च  जुटाइरहेका पन्त दुर्घटनामा परेर घाइते भएपछि परिवार  बिचल्लीमा परेको छ । 

डाक्टरले  उपचारमा ठुलो रकम लाग्ने भने पछि आफन्त पशुपतिले सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक अभियान सञ्चाल गरेकी छन् । उनले  सबैलाई  आर्थिक सहयोगका लागि अनुरोध समेत  गरेकी छन्। मनकारी व्यक्तिले कुमारीबैंक बैतडी शाखाको खाता नम्बर–२१५०१७६३३९३००००१ सहयोग  गर्न सक्ने  छन् । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update