Sagun Khabar
बैतडीको डिलाशैनीमा उपाध्यक्षको पत्रले खैलाबैला

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा उपाध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको पत्रले खैलाबैला मच्चिएको छ । कार्यवाहक अध्यक्ष भएको बेला उपाध्यक्ष भगीरथ बोहराले मन्त्रालयमा पत्र पठाएर जिल्ला बाहिरको प्रमुख प्रशासकीय अधिकृतबाट कामकाज गराउन असहज हुने उल्लेख गरेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रञ्जय पटेललाई खटाएको छ । उपाध्यक्ष बोहराले पठाएको पत्रमा अहिलेकै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिन आग्रह गरिएको छ । 

डिलाशैनी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाउन खोजेको भन्दै सामाजिक सञ्जालमा चर्चा शुरु भएपछि बिहीबार मात्रै गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले त्यसको खण्डन गर्दैै विज्ञप्ती निकालेका थिए । 

Atrya hospital

गाउँपालिका अध्यक्ष जोशीले विज्ञप्ती निकालेपछि उपाध्यक्ष बोहराले मन्त्रालयमा पठाएको पत्र शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बोहरालाई नै प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिनुपर्ने आशयको पत्र बाहिर आएपछि अहिले निकै आलोचना समेत भइरहेको छ । 

उपाध्यक्ष बोहराले मन्त्रालयमा पत्र पठाएपछि अहिलेका निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहरालाई दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी मन्त्रालय रद्द गरिदिएको थियो । 

यो घटनासंगै गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद पनि सतहमा आएको छ । उनीहरुबीच पालिकाभित्र विवाद रहेको कुरा घटनाले पुष्टि गरेको धेरैले औंल्याएका छन् । यसअघि पालिकाले खरीद गरेको ब्याकलोडरको बारेमा आफूलाई जानकारी नभएको उपाध्यक्ष बोहराले बताउँदै आएका थिए । 

उपाध्यक्षले मन्त्रालयमा पठाएको पत्रका बिषयमा गाउँकार्यपालिकामा गम्भीर समीक्षा हुने गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । गाउँकार्यपालिकाले दरबन्दी अनुसारका कर्मचारीको पदपूर्ती गर्न लोकसेवा आयोगलाई पठाइसकेको समेत उनले बताए । 

गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल सोमबारदेखि कार्यालयमा हाजिर हुने प्रवक्ता भट्टले बताए । 

यस्तो छ उपाध्यक्षले मन्त्रालयमा पठाएको पत्र Dilasaini1695529203.jpgप्रमुख प्रशासकीय अधिकृतको बिषयमा गाउँपालिकाले अध्यक्षले जारी गरेको विज्ञप्ती यस्तो छ 

dil1-1695529268.jpg

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update