बैतडी- नेकपा एकीकृत समाजवादी (एस )बैतडीको जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । आइतबार विभिन्न विषयमा छलफल गर्दै गोठलापानी स्थित अपी गेष्ठ हाउसमा नेकपा समाजवादी बैतडीको बैठक सम्पन्न भएको हो।
पार्टीको आठौँ जिल्ला कमिटि बैठकमा महाधिवेशनको तयारी बारे छलफल भएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं बैतडी इन्चार्ज परमान्नद भट्टले बताए । यस्तै समाजवादी मोर्चाका गतिविधि अगाडी बढाउने र मोर्चामा सम्मेलित पार्टीहरु संग संयुक्तरुपमा कार्यक्रम गर्ने निर्णय समेत भएको उनले बताए ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका पाालिका स्तरका सांगठनिक कार्यक्रम अगाडी बढाउने निर्णय पनि भएको इन्चार्ज भट्टले बताए । नेकपा एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टको अध्यक्षतामा सम्पन्न आठौँ जिल्ला कमिटि बैठकमा पार्टीका केन्द्रिय सदस्य रामकुमार ज्ञवाली, माया भट्ट,परमान्नद भट्ट, नरेन्द्र विष्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।




