Sagun Khabar
बैतडीमा जिल्लास्तरीय स्थानीय तह संघर्ष समिति गठन

बैतडी–सरकारले ल्याउने तयारी गरिरहेको संघीय निजामति विधेयकमा संशोधन माग राख्दै आएका स्थानीय तहका कर्मचारीहरुले बैतडीमा पनि जिल्लास्तरीय संघर्ष समिति गठन गरेका छन् । 

जिल्ला सदरमुकाममा आज भएको भेलाले दशरथचन्द नगरपालिकामा कार्यरत दिपकराज भट्टको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा मेलौली नगरपालिकामा कार्यरत चक्रमणी जोशी, सचिवमा शिवनाथ गाउँपालिकामा कार्यरत कोमलविक्रम सिंह, कोषाध्यक्षमा सिगास गाउँपालिकामा कार्यरत रमेशप्रसाद भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् । 

Atrya hospital

संघीय निजामति ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन ल्याउनुपर्ने लगायतका १४ बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा लागेका हुन् । 

जिल्लास्तरीय संघर्ष समितिले आजै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको संघर्ष समितिका संयोजक दिपकराज भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update