Sagun Khabar
बैतडीका दश जना स्वास्थ्यकर्मी पुरस्कृत 

बैतडी –बैतडीका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरिएको छ । स्वास्थ्य कार्यालयले बार्षिक समीक्षा गोष्ठीका अवसरमा १० ओटै स्थानीय तहबाट एक÷एक जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत र सम्मानित गरेको हो । 

जिल्ला सदरमुकाममा आयोजना गरिएको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्यकर्मीहरुलाई नगद पुरस्कार र सम्मान पत्रसहित सम्मानित गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

Atrya hospital

स्वास्थ्य सेवा प्रदानमा सक्रियता, नौलो अभ्यास, कार्य सम्पादनमा उत्कृष्टता आदिका आधारमा उत्कृष्ट स्वास्थ्यकर्मी छनौट गरिएका हुन् । पालिकाले पठाएका स्वास्थ्यकर्मीहरुमध्ये उत्कृष्ट दशजनालाई छनौट गरी पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । 

पुरस्कृत हुनेमा डिलाशैनी स्वास्थ्यचौकीमा कार्यरत अनमी पार्वती चौधरी, पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिष्टेन्ट सुरेश सार्की, दशरथचन्द नगरपालिकाको थालिगाडा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रप्रसाद पन्त, शिवनाथको उदयदेव स्वास्थ्यचौकीमा कार्यरत अहेव देवराज न्यौपाने र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत बरिष्ठ ल्याब असिष्टेन्ट श्याम कुँवर रहेका छन् । 

यस्तै मेलौली नगरपालिकाको विशालपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी किस्ना चन्द,सुर्नयाको भौनेली स्वास्थ्यचौकीमा कार्यरत अहेव सुरेन्द्रसिंह महरा,दोगडाकेदारको रीम स्वास्थ्यचौकीमा कार्यरत अहेव नन्दराज भट्ट,पुर्चौंडी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रबहादुर बोहरा र सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा कार्यरत अनमी दिपा भट्ट पनि पुरस्कृत र सम्मानित भएका छन् । 

यस्तै दशओटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई पनि बार्षिक समीक्षा गोष्ठीको अवसरमा सम्मान पत्र प्रदान गरिएको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेको भन्दै जिल्ला अस्पताल बैतडी र स्वास्थ्य बीमा बोर्ड बैतडीलाई पनि सम्मान पत्र प्रदान गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

बार्षिकक समीक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बमका साथै मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद,डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी,  पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्ट,प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update