Sagun Khabar
बैतडीका गणेशको उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन परिवारजनको अपिल

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका २९ बर्षीय गणेश टेलरको उपचारमा आर्थिक अभाव भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा २ बर्ष अगाडि मलेसियामा काम गर्दैगर्दा पाँच तले भवनबाट लडेका गणेशको उपचारमा आर्थिक अभाव भएको हो । 

मलेसियामा लडेर घाइते भएका गणेशको टाउकोमा भित्री चोट रहेको डाक्टरले बताउँदै आएका छन् । पैसा कमाउनका लागि मलेसिया पुगेका गणेश लडेर घाइते भएपछि रित्तै हात घर फर्केका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

लडेदेखि बेलाबेला बेहोस हुने समस्या देखिएका गणेशको पछिल्लो समयमा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनको उपचारमा अहिले सम्म लाखौं रुपैंया खर्च भइसकेको र परिवारको आर्थिक अवस्थाले भ्याउन नसकेपछि उपचारका लागि सहयोग गरिदिन अपिल गरेको उनकी भतिजी रेजिना टेलरले बताइन् । 

उनको घरमा एकल भाउजुमात्रै रहेको र अरु कुनै साहरा नभएकाले गणेशको उपचारमा समस्या भएको उनले बताइन् । 
गणेशको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले रेजिना टेलरको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४०५०१००१२८६२८१० मा सहयोग रकम जमा गर्न सक्नेछन् । यसका साथै उनलाई सहयोग गर्न चहाने महानुभावहरुले ९८६४७५७७२४ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन सक्ने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update