Sagun Khabar
बैतडीको बसन्तपुरमा पुग्यो खानेपानी, स्थानीय हर्षित  

बैतडी- बैतडीको पाटन नगरपालिका ५ मा खानेपानी योजना सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा वडा नं ५ बसन्तपुर  गोइचडा गाउँमा   खानेपानी योजना सम्पन्न भएको हो ।

प्रदेशको बजेटमा खानेपानी तथा  सरसफाई डिभिजन कार्यालय बैतडी मार्फत निर्माण सम्पन्न भएको तुसरानी सिमार गोइचडा खानेपानी योजनाको आइतबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मञ्जु बम, निर्वतमान प्रदेशसभा सदस्य  प्रेमप्रकाश भट्ट (आदित्य)ले संयुक्त रुपमा खानेपानी योजनाको उद्घाटन गरेका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

माओवादी नेता एवं पूर्व प्रदेश सांसद आदित्यले  खानेपानीका लागि पहल गरेका थिए । खानेपानी योजना निर्माणमा कुल ५७ लाख बजेट खर्च भएको तुसरानी सिमार गोइचडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र बोहराले बताए ।

पानी  अभावले  समस्या झेलिरहेका स्थानीयहरु घरघरमा धारा निर्माण भएपछि खुसि भएका छन् । गाउँबाट २ हजार ७ सय मिटर टाढा रहेको तुसरानी खोलाको पानी गाउँमा पुगेपछि स्थानीय खुसि भएका हुन् ।सो खानेपानीबाट ५० परिवार लाभान्वित भएका बताइएको छ ।  

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update