Sagun Khabar
निङ्गलाशैनी मन्दिरमा सरसफाइ गरियो 

बैतडी–बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । निङ्गलाशैनी भगवती मन्दिर धार्मिक सेवा समिति,देहीमाण्डौं बजार व्यवस्थापन समिति  र स्थानीय युवाहरुको सक्रियतामा सरसफाइ गरिएको हो । 

मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर मन्दिर परिसरमा सोमबार बिहान सरसफाइ गरिएको स्थानीय दिपेन्द्रबहादुर बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा यही असोज १० देखि १२ गते सम्म मेला लाग्दैछ । सो मेलामा नेपालका मात्रै सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत दर्शनका लागि आउने गरेका छन् । 

मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले सबैलाई आग्रह समेत गरेको छ । मेलाको समयमा मदिराको कारोबार र सेवनमा रोक लगाएको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update