Sagun Khabar
बैतडीको डिलाशैनी गाउँपालिकामा ‘हाकिम’ हाजिर  

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा हाकिम हाजिर  भएका छन् ।  गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको  रुपमा रञ्जय पटेल हाजिर  भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत महिना बैतडीका ५ ओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । मन्त्रालयले पटेललाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी सोमबार देखि गाउँपालिकामा हाजिर भएका गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशीले  जानकारी  दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रमुख प्रशासकीय अधिकृत पटेललाई गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरा, प्रवक्ता यज्ञराज भट्ट लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले  पालिकामा स्वागत गरेका छन् । यस अघि गाउँपालिकामा अधिकृत गणेश बोहराले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

गाउँपालिका उपाध्यक्षले नयाँ प्रमुख  प्रशासकीय अधिकृत रोक्न प्रयास गरेपनि उनको  प्रयास असफल भएको  छ । कार्यवाहक अध्यक्ष भएको बेला उपाध्यक्ष भगीरथ बोहराले जिल्ला बाहिरको प्रमुख प्रशासकीय अधिकृतबाट कामकाज गराउन असहज हुने उल्लेख गरे मन्त्रालयमा पत्र पठाएका थिए ।  मन्त्रालयमा  पत्रपठाएर  नयाँ हाकिम रोक्न खोजेको  भन्दै उनको  अहिले सर्वत्र आलोचना समेत भैरहेको  छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update