Sagun Khabar
झुलाघाट पुल मर्मत गरिँदै, दैनिक आवागमन आंशिक रुपमा बन्द 

बैतडी –नेपाल –भारत सीमा झुलाघाटस्थित झोलुंगे पुल मर्मत कार्य जारी रहेको छ । पुल मर्मतको काम जारी रहेकाले पुलमा आंशिक रुपमा आवागमन बन्द रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ सम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पुल मर्मतको काम चलिरहेकाले अर्को सूचना नआउँदा सम्म पुलमा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

भारतीय पक्षले झुलाघाट पुल मर्मतको काम गरिरहेको हो । सीमा नाका झुलाघाटमा करीब डेढसय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको छ । 

झोलुंगे पुल मर्मतका बिषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोही अनुसार पुल मर्मतको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update