Sagun Khabar
बैतडीमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि सामूहिक प्रतिबद्धता पत्र जारी 

बैतडी –बैतडीमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि १५ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालयले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको हो । 

जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको सहभागितामा सामूहिक प्रतिबद्धता पत्र तयार पारिएको र यसले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिबद्धता पत्रमा स्वास्थ्य संस्थाहरुको आवश्यकता अनुसार कर्मचारी खटनपटनदेखि लिएर बार्षिक प्रतिवेदन प्रकाशन गर्ने सम्मका कुरा अटाएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै स्थानीय तहका स्वास्थ्य शाखाहरुले स्वास्थ्य सम्बन्धी नीति नियमावली, निर्देशिका र कार्यविधि बनाइ त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । स्थानीयस्तरमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुलाई नियमन गरिने कुरा समेत उल्लेख गरिएको छ । 

यस्तै स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाहरुबीच एकआपसमा समन्वय गरी अघि बढ्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । स्थानीय तहहरुका मासिक बैठकमा स्वास्थ्य कार्यालयबाट अनिवार्य उपस्थिती रहने र त्यसका लागि समन्वय गरिने उल्लेख गरिएको छ । 

स्वास्थ्य संस्थाहरुबाट तालिम प्राप्त जनशक्तिको अभिलेख राख्ने, स्थानीय तहमा एकीकृत अनुगमन टोली बनाउने लगायतका कुराहरु प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । पूर्वाधार र जनशक्ति भएको स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा पनि उल्लेख गरिएको छ । 

प्रतिबद्धता पत्र अनुसार १० ओटै स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने र यसले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग पुग्ने स्वास्थ्य प्रमुख भट्टले बताए । 

Swasthya1695700019.jpg

Swasthya 11695700016.jpg

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update