Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा  शनिवार मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी- जिल्ला अस्पताल बैतडीमा  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने  भएको छ । यहि असोज १३ गते अस्पतालमा मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने भएको  हो ।

 जिल्ला अस्पताल बैतडीले असोज १३ गते शनिबार शिविर  सञ्चालन हुने जनाएको छ । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट    डाक्टर सुशिल बिकले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने बताइएको  छ । शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट   डाक्टर बिकले बताए । निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।

शिविरमा आएर सेवा लिनका लागि  मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह समेत गरिएको  छ । जिल्ला अस्पताल बैतडीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै  आएको छ ।

भदौ  १३ गते  जिल्ला अस्पताल बैतडीमा  सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update