Sagun Khabar
बैतडीको पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य शुभारम्भ
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको  विवरण संकलनका लागि  स्थायी स्टेशन स्थापना गरिएको छ । मंगलबारबाट पूर्चौडी नगरपालिका वडा नं १ हाँट स्थित इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि  स्थायी स्टेशन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका  सूचना अधिकारी शंकरबहादुर  बोहराले  जानकारी दिए ।

स्थापना भएको  स्टेशनबाट  राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य समेत  शुभारम्भ गरिएको उनले बताए । पूर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमको उपस्थितिमा मंगलबार  राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य शुभारम्भ गरिएको छ ।

अब पुर्चौडी नगरपालिकाका नागरिकहरुको  सदरमुकाम धाउनु पर्ने  बाध्यता हटेको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि सदरमुकाम धाउनु पर्ने  नागरिकहरुको  बाध्यता अन्त्य भएको नगरप्रमुख  बमले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update