Sagun Khabar
गतिशील महिला सहकारीको बार्षिक साधारण सभा सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष हिरा बोहराको अध्यक्षतमा बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

बार्षिक साधारण सभामा सहकारी संस्थाकी व्यवस्थापक बेलु क्षेत्रीले प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । महिलाहरुकै सञ्चालन र व्यवस्थापनमा २०६६ सालमा स्थापना भएको सहकारी संस्थामा ४३७ शेयर सदस्य रहेका छन् । 

सहकारी संस्थामा २ सय ६ बाल बचत, २४ किशोरी सदस्य, १८ ऐच्छिक बचतकर्ता र ५८ दैनिक बचतकर्ता रहेका छन् । 

सहकारी संस्थामा ४ लाख ३६ हजार ३ सय शेयर पूँजी रहेको छ भने २ लाख ४३ हजार ७४ रुपैंया जगेडा कोष रहेको छ । यस्तै १ करोड २४ लाख ४१ हजार ३१३ ऋण लगानी गरेको संस्थासंग १ करोड १३ लाख ४१ हजार ४६० बचत रकम रहेको छ । 

यस्तै सहकारी संस्थामा ६ लाख ५७ हजार ४९८ रुपैंया अन्य कोष रहेको व्यवस्थापक क्षेत्रीले बताइन् । यस्तै सहकारी संस्थाको जिल्ला सहकारी संघमा ४५ हजार २२९ रुपैंया बचत रहेको छ भने १० हजार शेयर रकम रहेको छ । 

यस्तै केन्द्रीय सहकारी संघमा ४० हजार ६ सय बचत रहेको संस्थाको १५ हजारको शेयर रहेको छ । यस्तै राष्ट्रिय सहकारी बैंकमा १ हजारको शेयर रहेको व्यवस्थापक क्षेत्रीले बताइन् । 

गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको अध्यक्ष हीरा बोहराले बताइन् । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update