Sagun Khabar
बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा 

बैतडी–बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

धनगढीबाट दार्चुलातर्फ आएको गाडीले महरालाई ठक्कर दिएको थियो । बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update