Sagun Khabar
बैतडीको पुर्चौडी नगरपालिकामा बिहीवार सार्वजनिक बिदा 

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले  बिहीवार सार्वजनिक बिदा दिएको  छ । नगरपालिकामा  लाग्ने मेला पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न  मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी भगवती मन्दिर र मौलिंगा मन्दिर लगायतका  धार्मिकस्थलमा लाग्ने जात्राका लागि  बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए ।

उनका अनुसार भोलि पुर्चौडी ननगरपालिका भित्रका सम्पूर्ण सरकारि तथा गैह्र सरकारि संस्थाहरु बन्द रहने छन । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update