Sagun Khabar
बैतडीको दनपामा भोलि सार्वजनिक बिदा   

बैतडी- बैतडीको  दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो ।

नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने  मेलाको  अवसरमा भोलि बिदा  दिएको नगरपालिकाले  जारी गरेको  सूचनामा उल्लेख छ । निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको  छ। ।  यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ ।

जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।  निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update