बैतडी- बैतडीका मनमोहनले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराज घरभइ हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका मनमोहन पन्तले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
पन्तले वडा नं ४को मठैराज मावि हाडाकोटका ८३ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री सहयोग गरेका स्थानीय महेश राज पन्तले जानकारी दिए । असोज ९ गते परेको जन्मदिनको अवसरमा बालबालिकालाई पठनपाठनमा सहज होस भनेर उनले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
सुदूरपश्चिम समाज कोरिया वुशानका निवर्तमान उपाध्यक्ष एवं सामाजिक अभियानता मनमोहनले विदेशमा कमाएको रकम दुखी, पीडित, असहाय, अनाथ ,बेशहारा बालबालिकालाई सहयोग गर्दै आएका छन् । साथै जन्मभुमिको विकासका लागि पनि उनले रकम पठाउँदै आएका छन् । उनले प्रारम्भिक शिक्षा हाशिल गरेको विद्यालयलाई सम्झिदै मठैराज माविको प्रावितहमा अध्यायनरत ८३ जना छात्र छात्राहरुका लागि पठाएको रकमले शैक्षिक सामाग्री खरिद गरेर बितरण गरिएको स्थानीय पन्तले बताए ।
वितरण गरिएका शैक्षिक सामग्रीले बालबालिकालाई अध्ययन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । मनमोहन डिलाशैनि गाउँपालिका वडा नं ४ बस्ने बुवा गंगा दत्त पन्त र आमा गौपति पन्तका साइलो सुपुत्र हुन । उनि अहिले वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियाको वुशान सहरमा छ्न ।




