Sagun Khabar
करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी कलावतीको उपचारका क्रममा मृत्यु 

बैतडी –करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको बुधबार मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा वर्न हस्पिटल किर्तिपुरमा मृत्यु भएको हो । 

गएको भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो । किर्तिपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । 

घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update