बैतडी –बैतडीको दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
स्थानीय भाषामा ठूलीजात भनेर चिनिने मेलामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राको अवसरमा नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै पुर्चौंडी नगरपालिकाले पनि नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा रहेको धार्मिक स्थलहरुमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले बिदा दिएको उल्लेख गरेको छ । डिलाशैनी भगवती मन्दिर लगायतका मन्दिरहरुमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आज नगरपालिकाभित्रका सबै सरकारी, गैरसरकारी निकाय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।




