Sagun Khabar
माओवादी केन्द्रका सुदूरपश्चिम उपाध्यक्ष बडुवालको निधन 

बैतडी – नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ ।

कैलालीको लम्किचुहा नगरपालिका –२ चौरी निवासी उनको आज(बिहिवार) उपचारका क्रममा निधन भएको हो । माओवादी केन्द्रले सञ्चालन गरेको ३ महिने बिशेष रुपान्तरण अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो । 

नेपालगञ्जमा पनि उनको उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update