Sagun Khabar
बैतडीको न्वालीमा खुल्ला देउडा प्रतियोगिता आजबाट

बैतडी- बैतडीको न्वालीमा आजबाट खुल्ला देउडा प्रतियोगिता हुन लागेको  छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ न्वालीमा आज राति देखि  खुल्ला देउडा प्रतियोगिता हुन लागेको  हो  ।

नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखाको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा  देउडा प्रतियोगिता भैरहेको  नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखा सभापति बिरसिंह कार्कीले बताए ।

स्थानीय कला संस्कृतिको संरक्षण गर्ने  उदेश्यले न्वालिमा अवस्थित देउलेक केदार मन्दिरमा लाग्ने रतेडी जात्राको अवसरमा देउडा प्रतियोगिता राखिएको उनले बताए । प्रतियोगिता आज राति देखि सुरु हुने भोलि   समापन गरेर पुरस्कार वितरण  गरिने उनले बताए ।  प्रतियोगितामा उचित पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

देउडा प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार, द्वितियलाई १० हजार, तृतियलाई ५ हजार प्रदान गरिने  छ । यस्तै सान्तोना स्थान हाशिल गर्नेलाई ३ हजार सहित प्रमाण पत्र प्रदान गरिने नेपाल रेडक्रस सोसाइटी न्वालि उपशाखा सभापति कार्कीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update