Sagun Khabar
बैतडीमा एक जना मृत फेला 

बैतडी- बैतडीमा एक जना मृत फेला परेका छन् ।  जिल्लाको  पुर्चौडी नगरपालिका  वडा नं ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवर झुण्डिएको  अवस्थामा  मृत फेला परेका हुन् ।

कुँवर घरनजिकैको  मेलको रुखमा  झुण्डिएको  अवस्थामा  बिहीवार विहान  मृत  अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए  ।

कुँवरको  मृत्युको कारण खुलेको छैन् । घटनास्थलमा  प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले  बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update