Sagun Khabar
बैतडीको अनारखोलीमा दुई जिप एकआपसमा ठोक्किए, एक जना समान्य घाइते 
Atrya hospital

बैतडी –बैतडीको अनारखोलीमा दुईओटा जिप एकआपसमा ठोकिएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ अनारखोलीमा जिपहरु एकआपसमा ठोकिएका हुन् । 

बझाङदेखि धनगढी जाँदै गरेको प्रदेश–०३–०१ ०२४ च १४४० नम्बरको जिप र डडेल्धुरादेखि बैतडी आउँदै गरेको म.१ज ३४९ नम्बरको जिप अनारखोलीमा बिहीबार दिउँसो  एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्ष योगेश खत्रीले बताए । 

जिप ठोक्किँदा जिपमा सवार एकजना यात्रुलाई समान्य चोट लागेको बताइएको छ । घाइतेको पहिचान खुलेको छैन् । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update