Sagun Khabar
बैतडीमा रोकिराखेको स्कारिपयोमा अल्टो ठोकियो 
Atrya hospital

बैतडी–बैतडीमा रोकिराखेको स्कारपियोमा अल्टो ठोक्किएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्किङ गरेर राखेको सु.प.प्र०२००१ च १०१५ स्कारपियोलाई देहीमाण्डौंबाट बैतडी सदरमुकामतर्फ गइरहेको से १ ज ७५३ नम्बरको अल्टोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

अल्टोले स्कारिपयोलाई ठक्कर दिँदा दुवै गाडीमा क्षति पुगेको छ । अल्टो चालक दिनेश मौनी समान्य घाइते भएका र उनी उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ६ बजेतिर दुर्घटना भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update