Sagun Khabar
बैतडीको सित्तड स्वास्थ्यचौकीमा अब चौबिसै घण्टा स्वास्थ्य सेवा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ स्थित सित्तड स्वास्थ्यचौकीमा अब चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा पाइने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिने संस्थाको रुपमा घोषणा गरिएको छ । 

स्वास्थ्य संस्थामार्फत चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज नैनसिंह गोयलाले बताए । यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा दिइरहेको स्वास्थ्य संस्थाले अब अन्य आकस्मिक सेवाहरु पनि चौबिसै घण्टा प्रदान गर्ने उनले बताए । 

स्वास्थ्यचौकीलाई चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गर्ने संस्थाको रुपमा घोषणा गर्ने कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष चक्र कार्कीले पालिकाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने पहल हुने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update