Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा भोलि  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी- जिल्ला अस्पताल बैतडीमा  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने  भएको छ । अस्पतालमा मानसिक रोगसम्बन्धी भोलि   शिविर सञ्चालन हुने भएको  हो ।

मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर सुशिल बिकले जानकारी दिए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने बताइएको  छ ।

Atrya hospital

शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट   डाक्टर बिकले बताए । निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।

शिविरमा आएर सेवा लिनका लागि  मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह समेत गरिएको  छ । जिल्ला अस्पताल बैतडीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै  आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update